30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

मुलुकभर थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ००३ पुगेको छ । सोही अवधिमा १ लाख ३५ हजार ७९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १० हजार ९० जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स