29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

बजेट अभावका कारण लुम्बिनी प्रदेशसभाको भवन निर्माण रोकियो

दाङ । जिल्लाको राप्ती गाउँपालिका–३ मसुरियामा निर्माण भइरहेको लुम्बिनी प्रदेशसभा भवनको निर्माण रोकिएको छ । भवन निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेट दिन अस्वीकार गरेपछि निर्माण कम्पनीले आइतबारदेखि काम रोकेको हो ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेका अनुसार प्रदेशसभा भवनको डिजाइन परिवर्तन गरी अर्थ मन्त्रालयसँग थप ३ करोड रुपैयाँ माग गरिएको थियो, तर अर्थले स्वीकृति दिएन । त्यसैले निर्माण कम्पनी एमएस ड्रागन बस्नेत जेभीले काम रोकेको घिमिरेले बताए ।

पाँच करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको प्रदेशसभा भवनमा ढुंगाको छानो, सो छानो लगाउँदा आवश्यक पर्ने फलामको पातालगायतका सामग्री थप्न प्रदेश पूर्वाधार विकास प्राधिकरणले १० दिनअघि अर्थ मन्त्रालयसँग थप बजेट माग गरेको थियो ।

‘प्रदेश सभा भवनमा ढुंगाको छानोसहितको केही नयाँ संरचना थप गर्नुपर्ने भएपछि बजेट अभाव देखियो’ उनले भने, ‘आवश्यक बजेट मागसहित हामीले अर्थ मन्त्रालयमा भेरियसन पत्र पठाएको थियौं । बजेट स्वीकृत नभएपछि निर्माण कम्पनीले काम रोकेको छ ।’

उनका अनुसार प्रदेशसभाको आगामी वर्षको हिउँदे अधिवेशन स्थायी राजधानी दाङको नयाँ प्रदेशसभा भवनमा बस्ने तयारीका साथ प्रदेशसभा भवन निर्माण तीव्र पारिएको थियो । दिन र रात गरी दुई सिफ्टमा काम भइरहेको र हालसम्म ६५ प्रतिशत काम सम्पन्न भइसकेको घिमिरेले बताए

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स