22.5 C
Kathmandu
Monday, August 11, 2025
spot_img

काठमाडौं महानगरभित्र प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ ।

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको छ ।

हरेक वर्ष २५ डिसेम्बरमा मनाइने क्रिसमस डे नेपाली पात्रो अनुसार यस वर्ष पुस ९ गते परेको छ । क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई झिलिमिली बत्तीले सजाएर राख्ने चलन छ ।

प्लास्टिकका क्रिसमस ट्रि, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ ।

प्लास्टिकका झोला तथा सामग्री नकुहिने र तिनले वातावरण प्रदूषण हुने भन्दै यसको प्रयोगमा काठमाडौं महानगरपालिकाले कडाइ गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स