22.3 C
Kathmandu
Monday, August 11, 2025
spot_img

खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम तोकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले समय सीमा दिएको हो ।

खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स