22.9 C
Kathmandu
Sunday, August 17, 2025
spot_img

थप ४८७ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जना को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसमद्ये पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । त्यस्तै १६४ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९८ पुगेको छ । यता ३९ हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स