24.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

जाजरकोटका ७४६ उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च विवरण

जाजरकोट । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचन कार्यालय जाजरकोटले का अनुसार कुल एक हजार २९८ जना उम्मेदवार मध्य हालसम्म ५५२ जनाले मात्र खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख नृपराज उपाध्यायले बारम्बार ताकेता गर्दा पनि ७४६ जनाले अझैसम्म पनि निर्वाचन खर्च विवरण नबुझाएको बताउनुभयो । निर्वाचनको परिणाम आएको ३० दिनभित्र उम्मेदवारहरुले निर्वाचनको खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । तर जिल्लाका अधिकांश उम्मेदवारले तोकिएको समयमा खर्च विवरण बुझाएका छैनन् ।

४२.५३ प्रतिशत उम्मेदवारले मात्र खर्च विवरण बुझाएको प्रमुख उपाध्यायको भनाई छ । उहाँका अनुसार सबैभन्दा बढी खर्च विवरण बुझाउनेमा भेरी नगरपालिकाका छन् । भेरीमा १४८ जनाले निर्वाचन खर्च विवरण बुझाएको पाइएको छ ।

सबैभन्दा कम खर्च छेडागाडका उम्मेदवारले बुझाएका छन् । निर्वाचन कार्यालयका अनुसार छेडागाडका ३९ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् । त्यस्तै कुशे गाउँपालिकाका ८७ जना, जुनीचाँदे गाउँपालिकाका ७७ जना, बारेकोट गाउँपालिकाका ७२ जना, शिवालय गाउँपालिकाका ४७ जना र नलगाड नगरपालिका ८२ जना उम्मेदवारले खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगलाई चिठी लेखि पठाएको र खर्च विवरण नबुझाउनेलाई आवश्यक कारवाही अगाडि बढ्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स