25.6 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

विनोद शाही मृत्यु प्रकरणमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर सहित ७ जना पक्राउ

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाहीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। झन्डै एक महिनाअघि मृत फेला परेका शाहीका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंमा पक्राउ गरेर अछाम ल्याइएको हो । ३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

शाहीको हत्या गरिएको भन्दै दोषीलाई पक्राउ गर्न माग गर्दै परिवारले ५ दिन सम्म घटनास्थलबाट शव उठाउन दिएको थिएन । प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि उनीहरु शव बुझ्न तयार भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स