23.5 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जानकारी दिएको छ ।

जारी सूचनामा यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरेको छ । वृद्धि भएको भाडादर सोमबारदेखि नै लागू हुने पनि विभागले सूचनामा भनेको छ ।

आइतबार राति नेपाल आयल निगमले सूचना जारी गर्दै १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ वृद्धि गरेको थियो । यससँगै पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेसँगै सार्वजनिक यातायातको पनि भाडा समायोजन गर्न बाध्य भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स