22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५८२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएको छन्, भने १२ संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा ६९ हजार २९१ जना सक्रिय संक्रमितहरु रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स