काठमाडौं । भोलि सोमबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
आज आइतबार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती जारी गरेर विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।
त्यस्तै, यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक समेत शनिबार सूचना निकालेर १० दिनपछि माघ २६ सम्मका लागि स्थगित गरेको छ