29 C
Kathmandu
Friday, August 15, 2025
spot_img

मुलुकभर थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि, ५ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ३५९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ, भने ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स