24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोभिड बिरुद्ध आत्मबल बढाउन र सचेतना फैलाउन धर्मिक अगुवाहरु जुट्ने

काठमाडौँ । लुम्बिनी विश्वबिद्यालयका पुर्व उपकुलपती डा. नरेशमान बज्राचार्य लगायतका धार्मिक अगुवाहरुले कोभिड १९ लाई जित्नको लागि सचेतना र आम नागरिकलाई आत्मबल बिकास गर्नुका साथै बालबालिकालाई उत्प्रेरणा दिने कार्यक्रम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कोभिडले बाल मनोविज्ञानमा पारेको प्रभाव न्यूनिकरणका लागि धार्मिक गुरु तथा धार्मिक अगुवाहरूको भूमिका विषयक छलफल कार्यक्रम बिभिन्न धर्मका अगुवाहरुले आम समुदायलाई आशा र उत्प्रेरणा जगाउने कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त व्यक्त गरेका हुन् ।

लुम्बिनी विश्वबिद्यालयका पुर्व उपकुलपती डा. नरेशमान बज्राचार्यले कोभिडका समयमा मेला तथा जात्रा, विवाह लगायत सबै कर्मकाण्ड रोक्नको लागि धर्मगुरुहरुले नै भुमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले आफुले मच्छेन्द्र नाथको जात्रालाई छोट्याउनको लागि भूमिका खेलेको बताउँदै सबै धर्म गुरुहरुले मान्छे जम्मा हुने कुनै कर्मकाण्ड नगराउन आग्रह गर्नुभयो ।


बुद्ध जयन्ती, उभौली, गोरख जयन्ती र चण्डी पुर्णीमाका अवसरमा सबै धर्मका अगुवाहरुलाई एकै ठाउमा राखेर धार्मिक सद्भाव बृद्धि गर्ने र कोभिडका बिरुद्ध लड्ने उत्प्रेरणा बृद्धी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । वल्डभिजन इन्टरनेशनल नेपाल, निरन नेपाल, अकोराब र सीआईएनको सहकार्यमा भरच्युल माध्यमबाट भएको कार्यक्रममा बिभिन्न धर्मका धार्मिक गुरु तथा अगुवाहरू, बालबालिका र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका सय जना भन्दा बढि प्रतिनिधिको सहभागिता रहेको थियो ।


हिन्दु बिद्यापिठका संस्थापक चिन्तामणी योगीले कोभिड १९ का कारण बिद्यालय बन्द भएकाले अबिभावकहरुले बालबालिकालाई घरमा दैनिक तालिका बनाएर व्यवहारिक ज्ञान सिकाई व्यस्त बनाउनु पर्ने बताउनु भयो । उहाँले अहिलेको जस्तो अवस्था सधै नरहने भन्दै आशा जगाउने कार्यक्रम गर्न आफु तयार रहेको बताउनु भयो ।


मनोपरामर्शकर्ता गोपाल ढकालले बाल मानोबिज्ञानमा त्रास फैलिएको र विद्यालय बन्द हुँदा अन्योलता बढेकाले उनीहरुका लागि आध्यात्मिक ज्ञान र उत्प्रेरणा दिने शिक्षा घरमै दिनु पर्ने बताउनु भयो । चिन्तामा रहेका बालबालिकालाई परामर्श दिने जीवन जगतको चक्रलाई बुझाउने काम परिवारका जेष्ठ सदश्य र धर्मगुरुहरुबाट गराउनु पर्ने उहाँले बताउनु भयो । कार्यक्रममा स्लाम धर्मका अगुवा इरफान पोखरेलले कोभिडको समयमा आफ्नो समुदायमा हुने वालविवाह रोक्नको लागि आफुहरु सजक भएको बताउनु भयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स