24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

चितवन । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, एमालेका उपाध्याक्ष भीम रावलले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन । यसअघि आइतबार राति ओलीले बन्दसत्रमा ३०१ जना पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची पेश गरेका थिए ।

अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि उम्मेदवारी दिएका हुन् । ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।

नवौं महाधिवेशनबाट अध्यक्षमा ओली र रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक सर्वसम्मत अध्यक्ष बन्ने ओलीको तयारी थियो । तर रावलले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचनमै जानु परेको हो । ओलीले आइतबार राति बन्दसत्रमा १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । पहिल्यै अध्यक्षमा दाबी प्रस्तुत गरेका रावलको नाम त्यो सूचीमा थिएन ।

प्रस्तावित पदाधिकारीको सूचीमा नपरेका घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावित सूचीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गराएपछि निर्वाचनमै जानुपर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स