24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

जाजरकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु, २७ जना घाइते

जाजारकोट। जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस आइतबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटनामा परेको हो । बसमा जम्मा ३२ यात्रु रहेको खुलेको छ । दुर्घटनामा परेर २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका(४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका(९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । यादव जाजरकोटकै दीपेन्द्र आधारभूत विद्यालयमा कार्यरत कर्मचारी हुन् ।

दुर्घटनामा २५ जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स