29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर थप ३०६ जनामा कोरोना संक्रमण, ६ को मृत्यु, ३४८ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। ९ हजार ६०६ नमूनामध्ये पीसीआर विधिबाट ८००८ र एन्टिजेन विधिबाट १५ सय ९८ गरी ३०६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १६ हजार ९६६ संक्रमित र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ८७ जना कोरोना संक्रमित देखिएका छन्।

अहिले सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ। मन्त्रालयका अनुसार आइतबार थप ३४८ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ।

यस्तै, कोरोनाबाट थप ६ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा १५९०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स