27.1 C
Kathmandu
Saturday, September 30, 2023

१२ देखि १६ हप्ता भित्र दोस्रो डोज खोप लगाउन सकिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज खोप लगाएका ६५ वर्षभन्दा माथिका उमेरसमुहलाई कोभिड खोपको दोस्रो मात्रा १२ देखि १६ हप्ताभित्र दिने जनाएको छ।

कोभिसिल्ड खोप लगाएका ती उमेर समुहलाई भारतले समेत नयाँ गाइडलाइन अनुसार १२ देखि १६ हप्ता भित्र दोस्रो मात्रा दिने गरी तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले बताए।

मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले चार महिनाभित्र दोस्रो मात्रा दिने प्रमुख विशेषज्ञ पोखरेलले जानकारी दिएका हुन्।

उनले खोप खरिदका विषमा मन्त्रालयले आवश्यक पहल गरिरहेको पनि बताए।

यसअघि मन्त्रालयले पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउने निर्णय गरेको थियो। तर खोप भने अझै नेपालमा आउन सकेको छैन। नेपालले खरिद गरेको १० लाख डोज खोप भारतबाट आउन नसकेको अवस्थामा खोप लगाउने अवधि पनि बढाइएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स