29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

एक लाख संक्रमित घरमैः संक्रमितको अवस्था बारे सरकार अनविज्ञ

काठमाडौं । देशभर एक लाख कोरोना संक्रमित घरमै रहेका छन् । तर, सरकारले ती संक्रमितहरुको अवस्थाका बारेमा चासो नदिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाहरुको सन्दर्भमा ठोस योजना अघि सारेको छैन । अहिलेपनि कतिपय संक्रमित र उनीहरुका आफन्तमा परामर्शको पर्याप्त व्यवस्था नहुँदा मानसिक समस्या समेत देखिन थालेको छ । कतिपय ठाउँमा होम आइसोलेसनमा बसेका संक्रमितहरुले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा थप जोखिम बढेको पनि देखिएको छ । तर, स्थानिय सरकारले पनि होम आइसोलेसनमा बसेकहरुको निगरानी नगरेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले २०७७ जेठ २० मा कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्वन्धि निर्देशीका २०७७ जारी गरेको थियो । घरमा आइसोलेसनमा बस्दा हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउने,उपचार अवधिभर बाहिर ननिस्किने र आवश्यक पर्ने सामाग्रिहरु परीवारका सदस्यहरु मार्फत् मगाउनुपर्ने हुन्छ । निर्देशीकामा दीनमा कम्तिमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेकदिन दुइपटक आफ्नो स्वास्थ्य अवस्था बारे सम्वन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमएस मार्फत् जानकारी गराउने उल्लेख छ । तर, सो कुरा कार्यान्वयनमा आउन सकेको छैन ।
यस्तै, घरमै आइसोलेसनमा बस्दा भाँडाकुडा कपडा धुनका लागि पञ्जा लगाएर धुनुपर्ने उल्लेख छ । घरमा रहेका विरामीहरुको नियमित अनुगमन गर्ने भनिएपनि त्यसो हुन सकेको छैन ।
इपिडिमियोलोजिष्ट डा.विराज कर्माचार्यले होम आइसोलेसनमा नबस्दा ग्रामिण भेगमा समुदायस्तरमा संक्रमण फैलिने दर बढेको बताए । उनले भने, गाउँहरुमा निषेधाज्ञाहरुको उल्लघंन भएको देखिएको छ । र,सामाजिक कार्यहरुपनि भइरहेका छन् ।’
उनले स्थानीय निकायले कन्ट्रयाक्ट ट्रेसिङको व्यवस्थापन गर्नुपर्ने बताए । डा.कर्माचार्यले भने,‘संक्रमितको शरिरमा अक्सिजनको मात्रा हेर्नुपर्छ । ज्वरो आइरहने समस्या देखिए स्वास्थ्य संस्थामा जानुपर्छ ।’
हरेक गाउँमा संस्थागत आइसोलेसनको व्यवस्था गरीनुपर्ने र उच्च जोखिममा रहेका स्थानमा सामुहिक रुपमा कोरोना परीक्षण गर्न आवश्यक रहेको बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, ‘मास्कको समुचित प्रयोग,भौतिक दुरी र सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स