24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

माओवादी नेता वर्षमान पुन उपचारको लागि बैंकक प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्य उपचारको लागि थाइल्याण्डको बैकक जानुभएको छ । स्वास्थ्यमा लगातार समस्या देखिएपछि थप उपचारका लागि पुन आज बिहान थाइ एयरवेजमार्फत बैंकक प्रस्थान गर्नुभएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि पुनलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो । केही चेकजाँचपछि उहाँको शरीरमा जण्डिसको मात्रा देखिएको छ ।

घरमा आराम गर्दा र औषधी खाँदा पनि सुधार नआएपछि नेपाली चिकित्सकहरुले नै थप उपचारका लागि बैंकक जान सुझाव दिएको पुनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि पनि निमोनिया भएपछि उहाँलाई थाइल्याण्ड लगेर उपचार गरिएको थियो । त्यहाँ करिब महिना दिन बसेर उपचार गरेर उहाँ स्वदेश फर्किनुभएको थियो ।

विगत पाँच वर्षदेखि उहाँले बैंककमा नियमित उपचार गराइरहनुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स