24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

सङ्रखुवासभा । सङ्रखुवासभा जिल्लामामा एकै परिवारका छ जना मृत फेला परेका छन् । उनीहरुको हत्या भएको आशङ्का गरिएको छ ।

सङ्खुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ को खुमलिङमा बौद्धमान कार्कीको परिवारका छ छना मृत फेला परेको र निज कार्की भने जीवित नै रहनु भएकोे मादी नगरपालिकाका मेयर विदुर सुब्बा लिङथेकले बताउनुभयो ।

मृतकहरु केहीको शव घरभित्र केहीको बारीमा र खोलामा पनि भेटिएको र शरीरमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ ।

संखुवासभामा एकै मृतकमा ५८ वर्षिय तेजबहादुरकी आमा पार्वता कार्की ८० वर्षिय, श्रीमती मनमाया कार्की ५६, बुहारी रञ्जना कार्की २८ वर्षिय, नाती दिपक कार्की १० बर्षिया र ५ वर्षिय नातिनी गोमा कार्की छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स