29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कर नतिर्नेको घर आँगनमा काठमाडौं महानगरले पञ्चेबाजा बजायो,एक हप्ताभित्र कर नबुझाए कारवाही

काठमाडौं । सरकारले तोकेबमोजिम घरजग्गा सम्पत्ति कर नतिर्नेहरुलाई कर तिराउन काठमाडौं महानगरपालिकाले नयाँ जुक्ति निकालेको छ । कर तिर्न आनाकानी र ढिलासुस्ती भएको पाइएपछि बुधबार एक हप्ते सूचना जारी गर्दै कर नतिर्नेको घर–घरमा नेवारी पोशाकसहित पञ्चेबाजा बजाएर महानगर पुगेको छ ।

सम्पत्ति कर नतिर्नेहरुलाई कर तिर्न एक हप्ताको समय निर्धारण गर्दै कर नतिर्नेको घर आँगन तथा कार्यालयमा सूचना टाँसेको पनि छ । आज बुधबार महानगरपालिका न्युरोडस्थित केशा प्लाजामा पञ्चेबाजा प्रवेश गरेर सम्पत्ति कर नतिरेको भन्दै सूचना टाँस गरेको छ । सूचनामा अबको हप्ता दिनभित्र कर नतिरे २०७५ को ऐनको दफा १२ बमाजिम कारवाही गरिने भनिएको छ ।

यस अवधिमा कर नतिरे महानगरपालिकाले पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने चेतावनी पनि सूचना दिएको छ । साउन २४ गते नै एक महिनाभित्र कर तिर्न सूचना प्रकाशन गरिए पनि अटेर गरिएपछि महानगरले यस्तो एक्सन चाल्नुपरेको सूचनामा भनेको छ ।

नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने विभागका प्रमुख डा। अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स