26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

रसुवामा पहिरोले घर बगाउदा एकै परिवारका ३ जनाको मृत्यु, १ जना बेपत्ता

रसुवा । रसुवामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार बिहीबार बिहान आएको पहिरोले नौकुण्ड गाउँपालिका(५ कोलडाँडाका श्यामबहादुर घलानकी श्रीमती, छोरा र छोरीको मृत्यु भएको हो ।

त्यस्तैगरी अर्का एक बेपत्ता भएको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । श्यामबहादुरकी श्रीमती ३२ वर्षीय कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षकी छोरा सुकुमाया र ७ वर्षीय छोरा आषिस पुरिएका थिए ।

जसमा ३ जनाको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घाइते अवस्थामा फेला परेको श्यामबहादुरको उद्धार गरि उपचारका लागि काठमाडौ ल्याइएको प्रहरीको भनाइ छ ।

बिहान पहिरोले श्यामबहादुरको घर बगाएको भन्ने थाहा पाएपछि स्थानीय घटनास्थल पुगेका थिए । त्यसपछि प्रहरीको टोली आएर श्यामबहादुरको उद्धार गरेको हो । पहिरो पन्छ्याएर खोजी गर्दा ३ को शव फेला परेको प्रहरीले जनाएको छ । ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स