26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उहाँको सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि देउवा निजी निवास बूढानीलकण्ठमै बस्दै आउनुभएका् थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुभएको थियो ।

गत सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार मंगलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा आज सरकारी निवास सर्नुभएको हो । प्रधानमन्त्री नियुक्त भएपनि देउवा दुई दिन आफ्नो निजी निवास बूढानिलकण्ठमै बस्नुभएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स