29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मध्यपूर्वका मुलुकमा विनाशकारी रुपमा कोरोना फैलिने जोखिम हुनसक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना संक्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ ।कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना संक्रमण बढ्नसक्ने डब्ल्यूएचओले बताएको हो ।

निरन्तर आठ सातासम्म कोरोनाका नयाँ संक्रमित र मृत्यु हुनेको संख्या घटिरहेको अवस्थामा लिबिया, इरान, इराक र ट्युनिसियामा पुनः नयाँ संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ । आगामी दिनमा लेबनान र मोरक्कोमा पनि कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ ।

आगामी साता यो क्षेत्रका मुलुकमा मुस्लिमहरुको चाड इद उल फित्र मनाइँदैछ । यो पर्वमा हुने धार्मिक तथा सामाजिक भेलाको कारण मध्यपूर्वमा कोरोना संक्रमण फैलिने जोखिम धेरै रहेको डब्ल्यूएचओले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा ट्युनिसियामा कोरोनाबाट मृत्यु हुनेको दर सबैभन्दा धेरै देखिएको छ । त्यस्तै इरानमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पछिल्लो चार सातामा दोब्बर भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स