24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुलुकभर थप २ हजार ९०५ जनामा कोरोना पुष्टि, १८ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार १०८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार १० जना र ४ हजार ९१६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर थप १८ जना संक्रमितको मृत्यु भएको छ, भने १६ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स