24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सर्वोच्चको फैसला असंवैधानिक भन्दै ओली समर्थक सडकमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।

सर्वोच्च अदालतको फैसला असंवैधानिक भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन भइरहेको छ । ।ओली सरकार फालेर देउवा सरकार आउने भएपछि आक्रोशित ओली समर्थकहरुले अदालतमा कीर्ते हस्ताक्षर पेश गरि फैसला गरिएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

संसद् पुनःस्थापनाको फैसलापछि युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए । हाल उनी समर्थकहरुसँगै माइतीघरमा रहेका छन् । युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स