24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

दाङमा पहिरोले घर पुरिँदा ३ महिने शिशुको मृत्यु, २ जना पनि घाइते

दाङ । दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको ज्यान गएको छ ।

घरको भित्ता भत्किँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मनिषा र उहाँकी अर्की छोरी घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा बिहान ३ बजे अविरल वर्षाका कारण घर भत्किँदा शिशुको ज्यान गएको प्रहरीले जनाएको छ ।

पहिरोले उनको घर गोठ सबै पुरिएको थियो । घटना पछि प्रहरीले पहिरो पन्छ्याएर शिशुको शव निकालेको हो।

घाइते आमा-छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।  घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स