24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

एक डोज लगाए पुग्ने अमेरिकामा बनेको कोरोना बिरुद्धको खोप नेपालमा पनि आउने

काठमाडौं । अमेरिकामा निर्मित कोरोना भाइरसबिरुद्धको खोप जोन्सन एण्ड जोन्सन साढे १५ लाख डोज भन्दा बढी नेपाल आउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप आयातका लागि अनुमति दिन औषधि व्यवस्था विभागलाई पत्राचारसमेत गरिसकेको बताइएको छ ।

उक्त खोप नेपालमा कोभ्याक्स सुविधा मार्फ आउने भएको हो । स्रोतका अनुसार यो खोप नेपालम १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउने छ । अन्य मुलुकमा बनेको कोरोना बिरुद्धको खोप दुई डोज लगाउनु पर्छ भने अमेरिकामा बनेको यो खोप एक डोज लगाए पुग्छ ।

यसअघि नेपापलमा चिन र भारतबाट कोरोना बिरुद्धको खोप नेपाल ल्याएर प्रयोगमा ल्याइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स