24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

माधव नेपाललाई हस्ताक्षर फिर्ता लिन दिइएको अल्टिमेटम आज सकिँदै

काठमाडौँ । नेकपा एमालेभित्र एकताका लागि अन्तिम पहलहरु भइरहेका बेला पछिल्लो ‘अल्टिमेटम’ आज सकिँदै छ । माधव नेपाल पक्षका २३ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षरसहित संयुक्त रिट निवेदन हालेका थिए । अहिले अदालतमा अन्तिम रुपमा विचाराधीन रहेको उक्त रिटबाट आफू फिर्ता हुनू भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालई अल्टिमेटम दिएका थिए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले उक्त रिट निवेदनबाट पार्टीका सांसदहरुको हस्ताक्षर फिर्ता गराउन भन्दै नेता माधवकुमार नेपाललाई आज सोमबार सम्मको समयसीमा ९अल्टिमेटम० दिएका थिए । तर नेता नेपाल भने अब कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने अडानमा छन् ।

अध्यक्ष ओली पक्षले भने गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत् पार्टी एकताका लागि असार २१ गते सोमबार बेलुका ५ बजेसम्म ती हस्ताक्षर फिर्ता लिइसक्न अल्टिमेटम दिएको छ । साथै यस अवधिमा हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने र पार्टी निषेध गरेरै अगाडि बढ्ने चेतावनी समेत उक्त बैठकमार्फत् दिइएको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेकोले पुनस्र्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गर्दै कांग्रेस, माओवादी, जसपालगायतको गठबन्धनका १४६ सांसदले सर्वोच्चमा संयुक्त रिट दर्ता गराएका थिए । जसमा निवेदनमा एमालेको माधव पक्षका २३ सांसदको पनि हस्ताक्षर छ ।

तर ओलीको अल्टिमेटममा माधव पक्षले अटेर गरेको छ । हस्ताक्षर फिर्ता नगर्ने जवाफ उक्त पक्षले दिइसकेको छ र ओलीसँग भेट्न समेत माधवले अस्वीकार गरेका छन् । यसले एमालेभित्रको विवाद थप जटिल मोडमा प्रवेश गर्ने देखिएको छ । आज बेलुकासम्म कुने चमत्कार भएन भने यो विवादले अझ उग्र रुप लिन सक्छ, ओलीले अब माधव नेपालसहितका हस्ताक्षर गर्ने नेताहरु पार्टीबाटै निष्काशन गर्न सक्ने बताइएको छ ।

तर पार्टी एकताका लागि एमालेको दोस्रो तहका नेताहरु र उपाध्यक्ष वामदेव गौतम समेत लागिपरेका छन् । आइतबार मात्रै ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपालको निवासमै पुगेर ओलीलाई भेट्न र संयुक्त विज्ञप्ति जारी गर्न आग्रह गरेका थिए । तर नेपालले भेट्न चाहिँ इन्कार गरेको र एकताको पहल कायम राख्न भन्दै सकारात्मक सन्देश दिएको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स