26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बाढी पहिरो विपद : १८ दिनमा ३२ जनाको मृत्यु, २९ बेपत्ता

काठमाडौं । जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन । यो १९ दिनको अवधिमा २९ जनाको अवस्था अज्ञात छ । यही अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ ।

२०७७ सालमा यही अवधिमा बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । यो अवधिमा ३० जिल्लाका ६७ परिवार प्रभावित भएका थिए भने ७५ लाख २७ हजार बराबरको भौतिक क्षति भएको थियो ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकलाई हेर्दा यस वर्ष मनसुनको सुरुआती चरणमै गत वर्षको भन्दा बढी जनधनको क्षति भएको देखिन्छ । केन्द्रले मनसुनजन्य विपद्मा परी मृत्यु, बेपत्ता र घाइते भएकाहरुको विवरण नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकबाट अध्यावधिक गर्दै आएको छ ।

केन्द्रले बिहीबार दिउँसो २ बजेसम्म अद्यावधिक गरेको तथ्यांक अनुसार यस वर्ष जेठ ३१ देखि असार १७ गतेसम्मको अवधिमा ४२ जिल्ला प्रभावित भएका छन । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन । डोटीमा चार जना र रोल्पामा तीन जनाको मृत्यु भएको छ । रौतहट, चितवन र तनहुँमा २–२ जनाको मृत्यु भएको छ । १४ जिल्लामा एक एक जनाको मृत्यु भएको छ । पाँचथर, सप्तरी, सिन्धुली,काभ्रे, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, जुम्ला, कालीकोट, बाजुरा र बझाङमा एक(एक जनाको मृत्यु भएको हो ।

यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको थियो । जेठ ३० गते देशभर मनसुन फैलिएको थियो । मनसुन सुरुमै सक्रिय रुपमा भित्रिंदा आएको बाढी र पहिरोले बढी क्षति र्पुयाएको थियो । यस वर्षको मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदहरुले पहिल्यै सार्वजनिक गरेका थिए । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने आँकलन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स