29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने स्थायी कमिटी बैठकको निर्णय

काठमाडौँ । सत्तारुढ नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठकसमेत बोलाउने निर्णय गरेको छ ।

माधव नेपाल समूहले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने अडान राखेको थियो । सर्वोच्च अदालतले पनि महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाएपछि पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको हो । यसबारे आज बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने बताइएको छ । सर्वोच्च अदालतका आदेशहरु, संसद विघटनका मुद्दा र पार्टीको विवादलाई एकतावद्ध बनाउन भइरहेको सन्दर्भमा पार्टी एकताको सन्दर्भमा महत्वपूर्ण निर्णय हुने जनाइएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको आदेशले पुनस्र्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने, दशौं महाधिवेशन आयोजक कमिटी बनाउने लगायतका निर्णय गरेका थिए । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,महासचिव ईश्वर पोखरेल ,प्रदिप कुमार ज्ञवाली,राम बहादुर थापा ,नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ केशव बडाल,पृथ्वीसुब्बा गुरुङ ,टोपबहादुर रायमाझी ,बिष्णु रिमाल लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स