29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सार्वजनिक सवारि सञ्चालन आएसँगै उपत्यकामा बढ्यो चहलपहल

काठमाडौँ । कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा मङ्गलबारदेखि थप खुकुुलो पारिएसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेकोे छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै चहलपहल बढेको हो ।

काठमाडौँ उपत्यकाका खाद्य तथा किराना पसल पूर्ण रूपमा सञ्चालनमा आएका छन  । मुख्य बजार क्षेत्र बिहान ११ बजेदेखि खुला गरिएको छ । बजार तथा पसलमा ग्राहकको चाप न्यून रहे पनि व्यापारी सामान सजावट र सरसफाइमा व्यस्त देखिएका छन ।

यातायात सेवामा लागू गरिएको जोर–बिजोर प्रणालीका कारण पनि सडकमा बस कम गुडेको यातायात व्यवसायी बताउँछन । सर्वसाधारण यात्रुको चाप पनि न्यूून देखिएको छ । मयूर यातायातका सञ्चालक मोहन बस्नेतका अनुसार दुुई महिनादेखि थन्किएका गाडी मर्मत र सरसफाइ गर्नुपरेकाले पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको हो । बसहरू सञ्चालनमा आए पनि यात्रुको चाप निकै कम देखिन्छ ।

उपत्यकाको सडकमा शुभकामना, मयूर, चन्द्रागिरि, नेपाल, महासागर र सिटीलगायत बस सञ्चालनमा आएका छन  । साझा यातायातको बस भने बुधबारबाट सञ्चालनमा आउने छ । निजी कार, ट्याक्सी, मोटरसाइकल र बसलगायतका यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । माइक्रो र मिनीबसलाई भने चल्न दिइएको छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स