27.1 C
Kathmandu
Tuesday, September 26, 2023

बुधबारदेखि केही दिन भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुको प्रभावले अहिले गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान विशेष बुलेटिन निकाल्दै भोलि बुधबारदेखि केही दिन ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहँदै मनसुन सक्रिय हुने भएकाले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यो अवस्था कम्तीमा बिहीबारसम्म कायम रहने भएकाले ती प्रदेशहरुको पहाडी भू भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स