27.1 C
Kathmandu
Tuesday, September 26, 2023

आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायात पनि जोर बिजोर प्रणालिमा चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजबाट जोर बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो । काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीका अनुसार २५ सिट वा सोभन्दा माथि सिट क्षमता भएका सार्वजनिक सवारीसाधन जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न पाइने छ । लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन ।

थपिएको एक साता निषेधाज्ञामा सरकारी, सार्वजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बिउ विजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्वाध रुपले संचालन गर्न अनुमति दिइएको छ ।

त्यस्तै तरकारी, फलफूल, खाधान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने सामग्री, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, वीउ लगायतका सामग्री बोक्ने सवारीले न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न पाउने छ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स