24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

महाकालीले नाघ्यो खतराको तह, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीमा पानीको बहाव उच्च बढेको भन्दै सतर्क रहन अनुरोध गरेको छ ।

आज बिहान ६:३० बजे जारी गरिएको पानी सूचनामा विभागले महाकाली नदीको पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बताएको छ । यो बढ्दो क्रममा रहेकाले महाकाली नदी तल्लो तटीय क्षेत्र, डुबान भइरहने होचा स्थानका बासिन्दाले साँझसम्मै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र देशको पश्चिमी भू(भाग नजिक मनसुनी न्युन चापीय रेखा सक्रिय रहेको छ मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।

यसका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भु-भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ । वर्षा निरन्तर भइरहेकाले महाकाली नदीमा हिजोदेखि नै जलसतह बढ्न थालेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स