26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अत्यधिक बर्षा भएपछि जमिनले सोस्न नभ्याएर नदीनालामा घातक आकस्मिक बहाव देखियो : मौसमविद

काठमाडौँ । यो वर्ष मनसुन सुरु भएको केही दिनमै नेपालभरि ठूलो वर्षा भएका कारण देशका मुख्य नदीमा विनाशकारी बाढी आएको परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले बताएका छन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा नै भारी र धेरै भारी वर्षा भएको छ । तर एक्कासि तिनको गति उच्च हुँदा छिट्टै प्रभाव देखिएर जमिनले सोस्न नभ्याउने अवस्था आएको महाशाखाले जानाएको छ । सिन्धुपाल्चोकमा रहेका हिमनदी र त्यहीँका उच्च पहाडी भागमा धेरै पानी पर्ने प्रवृत्तिको असर त्यहाँ विनाशकारी बाढी र पहिरोको रूपमा देखिएको विज्ञहरु बताउँछन्।

पूर्वाधार विकास वा प्राकृतिक प्रकोपकै कारण नदीछेउका पहाडमा भएका हलचलले आकस्मिक बाढीहरूको पछिल्ला दिनमा जोखिम बढाएको छ । मौसमविज्ञ र भूगर्भशास्त्रीहरूका अनुसार यति बेला हुने अधिकांश विपद् वर्षासँग सम्बन्धित छन्। । केही दिनदेखि निरन्तर भइरहेको वर्षा शनिवारसम्म कायम रहन सक्ने भन्दै सरकारले सर्वसाधारणलाई सतर्क हुन आग्रह गरेको छ । गत जुन ११ मा नेपालमा मनसुन प्रवेश गरेको थियो। त्यसयता मौसममा अन्य कुनै प्रणालीको असर देखा नपरेको विभागका मौसमविद्हरू बताउँछन्। । विज्ञहरूका अनुसार १ सय ४० मिलिमिटरभन्दा धेरै पानी परेमा त्यसले पहिरो जाने अवस्था ल्याउन सक्छ ।

यसअघि नै मौसमविद्हरूले दक्षिण एशियाली मौसमविद्हरूले निकाल्ने साउथ एशियन क्लाइमेट आउटलुकले यसपालि नेपालसहित यो क्षेत्रमा औसतभन्दा बेसी वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको बताएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स