29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौं महानगरको घोषणाः मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित जिल्ला सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका प्रभावितलाई २ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

काठमाडौं महानगरका मेयर बीद्यासुन्दर शाक्यले हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको बताए ।

मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै ३र डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स