26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

विपद् व्यवस्थापनमा के गर्दैछ सरकार ?

काठमाडौं । सरकारले विपद् व्यवस्थापन सन्दर्भमा सबै मन्त्रालयलाई परिचालन गर्ने भएको छ । सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने योजना बनाएको छ ।
गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाइने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पनि पारित गरेको छ ।

बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी(पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स