29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गोलभेडा खेतीबाट एचआईभी संक्रमित बालबालिकालाई सहयोग

भक्तपुर । भक्तपुरमा रहेका एचआईभी संक्रमित बालबालिकालाई पोषण एवं खाद्यान्न सहयोग गरिएको छ । भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले एचआईभी संक्रमित बालबालिकालाई आवश्यक पोषण तथा खाद्यान्न सहयोग गरेको हो ।

भक्तपुरको चाँगुनारायण नपा–३ झौखेलमा संस्थाले सन् २०१५ देखि ८ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक गोलभेडा तथा तरकारी खेती गर्दै आएको सुरुवातले तरकारी उत्पादनबाट आम्दानी भएको रकमले बालबालिका तथा अरूलाई सहयोग गरेको हो । सुरुवातले गरेको व्यावसायिक गोलभेडा तथा तरकारी खेतीबाट भएको आम्दानीबाट उक्त सहयोग गरिएको संस्थाका अध्यक्ष उमेश खड्काले स्पष्ट पारे । सुरुवातले एड्स हेल्थकेयर फाउन्डेसन ९एएचएफ० नेपालको सहयोगमा व्यवसायिक गोलभेडा तथा तरकारी खेती गर्दै आएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न जारी निषेधाज्ञाको कारण पीडित २१ जना एचआईभी संक्रमित बालबालिकालाई खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए । अध्यक्ष खड्काले प्रतिव्यक्ति १५ किलो चामल, दाल ३ किलो, पीठो २ किलो र चिनी, नून, गेडागुडी एकएक किलो, तेल एक लिटर र आधा क्रेट अन्डा सहयोग गरिएको जानकारी दिए ।

उनका अनुसार प्रतिव्यक्ति करिब ३ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ ।‘निषेधाज्ञाको कारण दैनिकी गुजारा गर्न नै समस्या भएको जानकारी आएपछि एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हौं’, उनले भने, ‘थप अर्को एक महिनाको लागि पनि खाद्यान्न सहयोग गर्ने तयारीमा सुरुवात छ ।’

एआरभी खाइरहेका विपन्न १३ जना बालबालिकालाई सन्तुलित पोषणस्वरूप उक्त खाद्यान्न सहयोग गरिएको कार्यक्रम संयोजक पन्नोस शर्मा बताउँछन् । उनका अनुसार सुरुवातले कोरोना भाइरस संक्रमणको पहिलो लहरका बेला पनि ती बालबालिकालाई दुईचरणमा खाद्यान्न सहयोग गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स