24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

निषेधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बन्दै

काठमाडौँ । निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय नयाँ ढाँचा निर्माणमा जुटेको छ । सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विद्यालयरविश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभारगोष्ठीरसम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल जारी रहेको र यसबारे छिट्टै त्यसको मोडालिटी ल्याइने बताए । अहिले अत्यावश्यक सेवा र प्रशासनको अनुमतिबाहेकका क्षेत्र सबै बन्द छन् ।

राजधानी काठमाडौंमै खाद्यवस्तु किनमेलमा समेत बिहान ९ बजेको समयसीमा छ । सबै किसिमका आर्थिक क्षेत्र करिब डेढ महिनादेखि बन्द छन् । गृह मन्त्रालयले देशभरका प्रशासनमा निषेधाज्ञाको विकल्प र आर्थिक गतिविधि विस्तारै सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना बनाएर पेस गर्न यसअघि नै परिपत्र गरिसकेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका केही प्रावधानमा खुकुलो नीति अपनाएर एक साता लम्ब्याउने विषयमा उपत्यकाका तीनवटै प्रशासनबीच छलफल भएको छ । खाद्यवस्तु किनबेचमा लगाइएको बिहान ९ बजेसम्मको समयसीमा बढाउने, खेतीपातीजन्य आवागमनलाई सहजीकरण गर्ने, सार्वजनिक निर्माणका साधनलाई सञ्चालन गर्न दिइने गरी नयाँ मोडालिटी बन्न लागेको उनले बताए । बैंकमा यसअघि तोकिएको कोटा र समयसीमा बढाउन दिने, अन्य वित्तीय संस्था र सहकारीलाई पनि समयसीमा र मापदण्ड तोकेर सञ्चालन गर्न दिने तयारी छ ।

सीसीएमसी बैठकमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य मन्त्रालयबाट पनि निषेधाज्ञाबारे सुझाव पेस भएको र त्यसबाट सामूहिक ठोस निष्कर्ष निकालेर कार्यान्वयनमा लैजाने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स