26.6 C
Kathmandu
Wednesday, September 27, 2023

नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं / नवनियुक्त  सात जना मन्त्री एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।

आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् विस्तार गर्दै मन्त्रीपरिषद्लाई पूर्णता दिएका थिए । प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरेका छन् । त्यसैगरी, आशाकुमारी वि।क।लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स