29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

आजदेखि ६० देखि ६४ वर्ष उमेर समुहलाई भेरोसिल खोप

काठमाडौं । सरकारले आज (मंगलबार) बाट ज्येष्ठ नागरिकलाई लक्षित गरी कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ। केही दिनअघि चीन सरकारले नेपाललाई सहयोगस्वरुप १० लाख डोज खोप उपलब्ध गराएको थियो। सोही खोप ज्येष्ठ नागरिकलाई वितरण गर्न लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले काठमाडौं, ललितपुर र भक्तपुरमा ६० देखि ६४ वर्ष उमेर र उपत्यकाबाहिरका जिल्लामा ६२ देखि ६४ वर्ष उमेरका लक्षित समूहलाई खोप दिइने बताए। खोप देशभरकै खोप केन्द्रमा पुगिसकेको उनले बताए। उक्त उमेर समूहका करिब आठ लाखमध्ये पाँच लाखले खोप लगाउने अनुमान गरिएको उनले जानकारी दिए।

आठ लाखमध्ये तीन लाखले विभिन्न माध्यमले यसअघि कोभिशिल्ड खोप लगाइसकेको र भेरोसेल खोपको यसअघिको अभियानमा पनि लगाइसकेको हुँदा यो अभियानमा पाँच लाख जना ज्येष्ठ नागरिकले खोप लगाउने उनले बताए। सहप्रवक्ता अधिकारीले खोप लगाउन खोप केन्द्रमा जाँदा आफ्नो परिचयसहित उमेर खुल्ने कागजपत्र लैजानुपर्ने बताए। यस्तो परिचय खुल्ने कागजपत्र नभए सम्बन्धित वडाले सिफारिस गरेका आधारमा खोप लगाउन सकिने बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स