24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

मन्त्रालय बाँडफाँडको टुंगो लाग्यो, कुन दललाई कति मन्त्रालय ?

काठमाडौं। सत्ता साझेदार दलहरुले मन्त्रालय बाँडफाँडमा सहमित जुटाएका छन् । सोमबार साँझ अबेरसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटाएको हो ।

बैठक पछि संवाददाताहरु सँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्ता साझेदार दलहरु बीच मन्त्रालय बाँडफाँडको विषय टुङ्गिएको बताउनुभएको थियो । मन्त्रालय बाँडफाँडमा व्यक्तिसहितको विषय आ–आफ्नो पार्टी भित्र छलफल गरेर निर्णय लिने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताउनु भयो । पार्टिहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्रीले पाए पछि मंगलबार दिउसो एक बजे नयाँ मन्त्रीहरुको शपथ हुने जानकारी पनि दिनुभयो ।

बैठकमा प्रधानमन्त्री सहित ५ वटा मन्त्री र एउटा राज्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ । त्यसैगरी ८ वटा मन्त्रालय नेकपा एमालेले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ३र३ वटा मन्त्रालय लिने सहमति भएको एक नेताले बताए । सत्ता साझेदार दलहरुले जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरेको भए पनि उसले स्वीकार गरिनसकेको बताइएको छ ।

यस्तै सभामुख र राष्ट्रपति भने नेकपा एमालेले पाउने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स