24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौं महानगरपालिकाको करार कर्मचारी नियुक्ति गर्दा लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

काठमाडौं । काठमाडौं महानगरपालिका प्रशासन विभागले गरेको पछिल्लो निर्णयको अहिले खुलेर तारिफ र चर्चा हुन थालेको छ ।मंगलबार काठमाडौं महानगरपालिकाले एउटा करारमा कर्मचारी नियुक्तिसम्बन्धि एउटा सूचना प्रकाशन गरेको छ । सूचनामा भनिएको छ,काठमाडौं महानगरपालिकाद्धारा सम्पादन हुने पूर्वाधारसम्बन्धि कामका लागि करारमा इञ्जिनियर भर्ना लिन खोजिएको र त्यसमा लोकसेवा आयोगबाट वैकल्पिक सूचीमा राखिएका उमेद्धारलाई प्रथामिकता दिइएको व्यहोरा उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारीहरु नियुक्ति गर्दा लोकसेवा आयोगको परीक्षामा वैकल्पिकमा परेका उम्मेदवारहरुलाई प्राथमिकता दिने भएको छ।
महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगको परीक्षामा वैकल्पिकमा परेका उम्मेदवारलाई आवेदनका लागि आह्वान गरेको हो ।
महानगरपालिकाले करारमा इन्जिनियर नियुक्त गर्दा आव २०७९/०८०मा लोसकेवा आयोगका विभिन्न विज्ञापन र सूचनामा अस्थायी वैकल्पिक योग्यता क्रममा रहेका उम्मेदवारहरुलाई प्राथमिकता दिने उल्लेख गरेको छ।

यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र आवेदन पेश गर्न र आठौं दिनदेखि तोकिएको मिति भित्र निवेदन दिने उमेद्धारमध्येबाट योग्यताक्रम अनुसार करारमा नियुक्ति दिइ काममा लगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ । अस्थायी तथा वैकल्पीक योग्यताक्रममा रहेका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर र इस्ट्रक्चर इन्जिनियरका उम्मेदवारहरुलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र निवदेन दिन अनुरोध गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स