26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

प्रतिनिधि सभाको सात स्थानको मत परिणाम आउन बाँकी

काठमाडौं । प्रतिनिधि सभा तर्फको १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा रहेको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा प्रत्यक्ष तर्फको सबै नजिता आइ सक्ने जनाएको छ । यता बाँकी मत परिणाम तर्फ सुनसरी ४ बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, इलाम १ बाट झलनाथ खनाल, सुनसरी ३ बाट विजय कुमार गच्छदारको नजिता आउन बाँकी रहेको छ ।

गणना बाँकी क्षेत्रमा चार स्थानमा काँग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स