24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर चिसो बढ्यो, जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

काठमाडौं । देशभर चिसो बढेको छ। पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज मापन गरिए अनुसार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ। त्यहाँको अधिकत तापक्रम १९ डिग्री सेल्सियस छ।

यस्तै, जोमसोमको न्यूनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, काठमाडौंको बिहानको न्यूनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम भने आज २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

केही दिनअघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई तीन दिन यता दिउँसोको समयमा पनि चिसो हुन थालेको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स