30.1 C
Kathmandu
Saturday, June 15, 2024
spot_img

यी हुन् यसपटकको निर्वाचनमा उम्मेदवारीमा नदेखिएका शीर्ष नेताहरू

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरूमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिएका हुन् । निर्वाचनका लागि आइतवार प्रतिनिधि सभाका १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रका लागि सयौँले उम्मेदवारी दिएका छन् । त्यसमा कतिपय चर्चित अनुहार देखिएनन् ।

नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, सुनिलकुमार भण्डारी, उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा अमरेशकुमार सिंह, मीन विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायतका नेताहरू उम्मेदवारका रूपमा देखिएनन् ।

यसैगरी नेकपा ९एमाले० नेता डा।भीम रावल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, घनश्याम भुसाल (पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार), थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायत पनि उम्मेदवारका रूपमा देखिएनन् ।

त्यस्तै, यसपटकको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेताहरू हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायतको पनि उम्मेदवारी देखिएन ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार बनेनन् । निर्वाचन आयोगका अनुसार आइतवार भएको मनोनयनपत्रमा दर्ता प्रक्रियामा प्रतिनिधि सभातर्फ पुरुष २ हजार २६९ र महिला २३३ गरी कूल २ हजार ५०२ उम्मेदवार रहेका छन् । यस्तै प्रदेशसभातर्फ पुरुष ३ हजार १३९, महिला २९६ र अन्य १ गरी कूल ३ हजार ४३६ उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि मतदाता नामावलीमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता संख्या छ । यसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार ८०६, महिला मतदाताको संख्या ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ छ । निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स