29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बैतडीमा ३ सिटका लागि २३ जनाको उम्मेदवारी

बैतडी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा २३ जनाको उम्मेदवारी परेको छ ।दुवैतर्फ गरेर २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभाका लागि १ मात्रै क्षेत्र रहेकामा १२ जनाको उम्मेदवारी परेको हो । प्रदेशसभा (१) मा ६ र प्रदेशसभा (२) मा ५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर, नेकपा एमालेका दामोदर भण्डारी, राप्रपा प्रेमबहादुर चन्द, राप्रपा नेपालका हिम्मत चन्द, पिपुल्स पार्टीका कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, नेमकिपाका कृष्णप्रसाद गोसाईं र आनसिंह भण्डारी जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार रहेका छन् ।

प्रतिनिधि सभाकै लागि ४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दिनेमा केशवबहादुर चन्द, परमानन्द भट्ट, मानसिंह विष्ट र त्रिलोकबहादुर चन्द रहेका छन् । चन्द नेपाली कांग्रेस र भट्ट नेकपा एकीकृत समाजवादीका रहेका रहेका बताइएको छ । उनीहरूले टिकट वितरणमा असन्तुष्टि रहेकाले स्वतन्त्र उम्मेदवारी दिएको बुझिएको छ ।

प्रदेशसभा (१) का लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वीरबहादुर विष्ट, एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्णा पन्त, एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट हरिमोहन भण्डारीले उम्मेदवारी दिएका छन् । भण्डारी कांग्रेसबाट टिकटको दौडमा रहे पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा (२) मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शिवराज भट्ट, एमालेका लीलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रेवती बोहरा र राप्रपाका नारायणदत्त जोशीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएकामध्ये फिर्ता लिन चाहनेले असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेभित्र फिर्ता लिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स