23.1 C
Kathmandu
Monday, June 17, 2024
spot_img

दसैंको दोस्रो दिन आज पनि मान्यजनबाट टीका ग्रहण गरिँदै

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । बडा दसैंको टीकाको दोस्रो दिन आज एकादशी । विजया दशमीको दिनमा मान्यजनका हातबाट टीका जमरा लगाएर आशिर्वाद लिन नपाएका र नभ्याएकाहरुले एकादशीको दिन पनि टीका ग्रहण गर्ने चलन छ ।

टाढा रहेका आफन्त टीकाको दिन टीका ग्रहण गर्न नआइपुग्ने हुँदा कोजाग्रत पुर्णिमाको दिनसम्म नै टीका लगाएर आशीर्वाद लिने सकिने परम्परा रहिआएको छ । बडा दसैंको दशौं दिन विजया दशमीको दिनबाट पाँच दिनसम्मै मान्यजन र आफन्तकहाँ पुगेर टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

२० लाख बढी मानिसहरु दशें मनाउन आ९आफ्नो थाँतथलो फर्किएपछि केहि दिन देखि सुनसान देखिएको काठमाडौं उपत्यकामा हिजो टीकाको दिनदेखि भने केही चलहपहल बढेको छ । आफन्तकहाँ टीका लगाउन जानेहरुको चलहपलह बाक्लो बन्दै गएको छ ।

आज पनि विहानैदेखि टीका लगाउन मान्यजन र आफन्तकहाँ जानेहरुको चहलपहल सडकहरुमा देखिएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स