26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो

बागलुङ । बागलुङमा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन् । धेरै लक्षणविहिन भएपनि केही सङ्क्रमित लक्षणसहितका छन् । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेका अनुसार बागलुङमा शुक्रबार मात्रै तीन सङ्क्रमितको मृत्यु भएको छ । उनीहरु अन्तिममा मात्रै अस्पतालमा आएका कारण मृत्यु भएको हो । बागलुङमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने सक्रिय सङ्क्रमित ९६५ पुगेका छन् ।

कोरोनाको गम्भिर लक्षण देखिदा समेत सङ्क्रमित घरमै बस्नु, अक्सिजनको लेबलका विषयमा जानकार नहुनु र जटल स्वास्थ्य समस्या मात्रै लिएर अस्पताल आउनेहरुको बढी मृत्यु भएको देव घिमिरेले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स