26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

आजदेखि काठमाडौँ महानगरका यी स्थानमा हुँदैछ एन्टिजेन परीक्षण

काठमाडौँ । काठमाडौँ महानगरले आजबाट एन्टिजेनमा आधारित वृहत कोवड परीक्षण सुरु गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा हुने परीक्षणको पहिलो दिन अर्थात आज जेठ १४ गते वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।

परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका विरामीलाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट््याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरको भनाइ छ । हरेक दिन १० वडा केन्द्रबाट परीक्षण गर्ने योजनाअनुसार पर्सि ९जेठ १५ गते० वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।

यसै गरी जेठ १६ गते आइतबार १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने कोविड सम्पर्क अधिकारी ज्ञानबहादुर ओली बताउनुहुन्छ । यसैगरी जेठ १७ गते ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ का तोकिएका केन्द्रमा परीक्षण हुनेछ । जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ क तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।

समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गरिने भएको हो । परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ् (सीआइसीटी) समूहलाई सक्रिय बनाइनेछ । कोविडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङ्मा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सवैलाई लक्षित बर्ग मानेर परीक्षण गर्न लागिएको हो । महानगरले यस लक्षित समूहमा पर्ने वा शंकामा रहेका सबै व्यक्तिहरुलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन आग्रह गरेको छ । परीक्षण, केन्द्र तथा अन्य जानकारीका लागि नागरिकलाई सजिलो होस् भनेर महानगरल क्लिनिक इन्चार्जहरुको सम्पर्क नं। समेत सार्वजनिक गरेको छ । यससम्बन्धि कुनै जानकारी चाहिए सम्बन्धित वडाका क्लिनिक इन्चार्जहरुसँग सम्पर्क गर्न सकिने जनस्वास्थ्य विभागको भनाइ छ ।

परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य हुनेछ ।

यस अघि कालीमाटी तरकारी तथा फलफुल बजार र टुकुचा तरकारी बजारमा गरी २ ठाउँमा यस प्रकारको परीक्षण गरिसकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स